image
image

कुरा बुझ्न पर्चः छोटो समयमा कीर्तिमान राख्दै १५ दिनमै करोड भ्यूज  

काठमाडौं, ६, भदौ । प्रकाश सपुत आफ्नो संगीतकर्मको उच्च फर्ममा छन् । आजकाल उनले जे छोयो त्यही हिट हुन्छ । पछिल्लो उदाहरण हो ‘कुरा बुझ्न पर्च’ ।

सपुतको सिर्जनामा गायिकाद्वय समिक्षा अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो । १५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ ।

अहिले पनि यो गीत नेपालमा युट्यूवको १ नम्बर ट्रेन्डिङबाट तल ओर्लेको छैन । १५ दिनसम्म एउटै भिडियोले एक नम्बर स्थान ओगट्नु पनि दुर्लभ कीर्तिमान हो । गीतमा १० हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

‘कुरा बुझ्न पर्च’ मा प्रकाश सपुतको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । गीतलाई जस्तै भिडियोलाई नि दर्शकले मन पराएका छन् । टीकटकमा यो गीत भाइरल छ ।

सपुतले आउँदो तीजलाई लक्षित गरी यो गीत सार्वजनिक गरेका हुन् । यसले नारी सशक्तिकरणको वकालत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।