image
image

प्रतिशेयर आम्दानी १३.१९ रुपैयाँ पुर्याएको पोखरा फाइनान्सको नाफा १३ करोड नजिक

काठमाडौं, ६, भदौ । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७४.०५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ३० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४.३५ प्रतिशत र ७३.०३ प्रतिशतले बढेको छ ।

असारसम्म ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको पोखराले ५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढाएर १३ रुपैयाँ १९ पैसा पुर्याएको छ । यसको प्रतिशेयर नेटवर्थ भने १४१ रुपैयाँ ४१ पैसा छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।