image
image

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, तीन जनाले पाए ११ कित्ता शेयर

काठमाडौा, ७, भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने  लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।

कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो । 

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ निष्काशन गरेकोमा ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको र ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका  लागि निष्काशन गरेको थियो ।

सेयर बाँडफाँडको नतिजा ९रिजल्ट० बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।