image
image

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गर्ने तयारी 

काठमाडौँ ७ भदौ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने तयारी गरेको छ । यस अघि पटक-पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेकाले बुधबार देखि पञ्चेबाजा बजाउने तयारी गरिएको हो ।

महानगरले कर तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार  मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो
 
अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालुजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्ने बताए । 
       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।