image
image

शनिबार र आइतबार काठमाडौंका यी क्षेत्रमा विद्युत बन्द हुने , हेर्नुहोस कुन कुन ठाउँमा जान्छ बत्ति ?   

काठमाडौं ३० माघ । नेपालमा  लोडसेडिंङ् हटेको भने पनि विभिन्न ठाउँमा बेला बेला विद्युत जाने गर्छ ।

त्यस्तै काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्र अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो। 

शनिबार गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म, साँखु फिडरको शनिबार बिहान ११ देखि दिउँसो २:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिने जनाएको छ।

 त्यस्तै कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने भएको छ । सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जानकारी दिएको छ।  



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।