image
image

बढ्यो बिटक्वाइनको मूल्य 

काठमाडौँ ७ भदौ ।  अन्तर्राष्ट्रिय बजारमा फेरी बिटक्वाइनको मूल्य बढेको छ । एक बिटक्वाइनको मूल्य आज अगस्ट २३ मा ५० हजार २३७ अमेरिकी डलर पुगेको हो । एक महिना अगाडि अर्थात जुलाई २३ मा बिटक्वाइनको मूल्य ३३ हजार ५२१ डलर थियो ।

 विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको एउटा ट्वीटले बिटक्वाइनको मूल्य ह्वात्तै घटेको थियो । मस्कको बिटक्वाइन विरोधी ट्वीट अघिसम्म टेस्लाको कार किन्दा बिटक्वाइनमार्फत भुक्तानी गर्न मिल्थ्यो ।


मस्कले ट्वीटमार्फत टेस्लाको कार किन्दा बिटक्वाइनमार्फत भुक्तानी नलिने घोषणा गरेका थिए । ट्वीटलगत्तै ५० हजारभन्दा माथि रहेको बिटक्वाइनको मूल्य घटेर ३० हजार डलरमा आइपुगेको थियो । त्यसबेला बिटक्वाइनको मूल्य यति धेरै पुग्‍नुमा पनि मस्कै हात थियो ।घटेर ३० हजारसम्ममा आइपुगेपछि बिटक्वाइनको कारोबार गर्नेहरुको संख्या एकाएक उकालो लागेपछि फेरी मूल्य बढेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।