image
image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?

काठमाडौँ, ८, भदौ । नेपाल आयल निगमले फेरि पनि डिजेल, पेट्रोल, मट्टितेल, ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको छ । सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको मुल्य २–२ रुपैयाँले बढाइएको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारणले आन्तरिक बजारमा मुल्य बढाएको निगमले जनाएको छ । 

सोमबारदेखि लागु गरिएको नायाँ मूल्य अनुसार पेट्रेलको मूल्य प्रति लिटर १३०, डिजेल मट्टितेल ११३ तथा हवाई इन्धनको आन्तरिकको मा ८६ रुपैयाँ पुगेको छ भने हवाई इन्धनमा बाह्रातर्फ प्रति किलोलिटरमा १६ अमेरिकी डलर बढेर ७७० पुगेको छ भने खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ वृद्धि गरी १४५० पुगेको निगमले जनाएको छ । 

मुल्य बढाए पश्चात निगमलाई प्रट्रोलमा ८.४२ रुपैयाँ, डिजेलमा २.६४ रुपैयाँ र ग्याँसमा प्रति सिलिण्डर ४२० रुपैयाँ घाटामा रहेको निगमले जनाएको छ । विगत १५ दिनमा निगमले १६ करोड ९ लाख घाटा रहेको पनि निगमले बताएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।