image
image

तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौं, ८, भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।