मूल्य वृद्धिपछी पनि करोडौंको घाटा व्यहोर्दै आयल निगम
काठमाडौँ ८ भदौ । पटक-पटक मूल्य वृद्धि गर्दै आएको आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको बताएको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउदा पनि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको छ ।
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ । मूल्य वृद्धि पछी पनि पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६ रुपैयाँ घाटा हुने निगमले जानकारी दिएको छ ।
यस्तै, खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढेपछि प्रतिसिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटामा रहेको बताइएको छ ।१५ दिनको अवधिमा पेट्रोलमा १९ करोड, डिजेलमा १९ करोड र एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।