image
image

नेप्सेमा पहिरो, हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट 

काठमाडौँ ८ भदौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको पहिलो कारोबारको दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ५५.८९ अंकले घटेर तीन हजार एक सय २५ दशमलब १ विन्दुमा थामिएको छ ।  

आज २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८ सय ५ शेयर १ लाख ५६ हजार ९ सय १३ पटक कारोबार भएको छ ।  त्यस्तै, आज १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका इन्स्योरेन्स र वित्त समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य बढेर १२८.२० रुपैयाँले बढेर प्रतिकित्ता १४१०.२० पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ३९०.६० रुपैयाँले बढेर प्रतिकित्ता ४२९६.७० पुगेको छ । 

त्यस्तै, आज धेरै जसो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा ‘पहिरो’ जाँदा नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।   यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७५ करोड भन्दा बढीको कारोबार भएको छ ।          
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।