image
image

नेप्सेका सीईओ साउदले दिए राजीनामा

काठमाडौँ ८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।



नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।


मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । खरिद प्रकरणमा मुछिएका साउदको नेप्सेमा कार्यकाल सकिन अब ३ महिना मात्रै बाँकी थियो । उनले आजै अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।