१२ करोडभन्दा बढी सेयर कर्जा लिएका लगानीकर्ताले एक वर्षमा सिमामा ल्याउनुपर्ने
काठमाडौं, ९, भदौ । लगानीकर्ताहरुले सेयरमा लगानी गर्न लिएको १२ करोड रुपैयाँभन्दा बढी कर्जा एक वर्ष भित्र सिमामा ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हिजो (मंगलबार) अबेर निर्देशन जारी गर्दै कर्जा सिमामा ल्याउन समय सिमा तोकेको हो ।
यसअघि, केन्द्रीय बैंकले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमा लगानीकर्ताले सेयर धितो ऋण १२ करोडभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयमा ल्याउन हिजो निर्देशन जारी गरेको हो । यसको अर्थ तोकिएको सिमाभन्दा बढी कर्जा लिएका लगानीकर्ताले २०७९ सालको असार मसान्तसम्ममा सिमामा ल्याइसक्नुपर्ने छ ।
यस्तै, निर्देशनले एउटा संस्थाको सेयर धितो ऋणको ग्राहक सिमा ४ करोड तय गरेको छ । यसको अर्थ लगानीकर्ताले एउटा संस्थाबाट ४ करोडभन्दा बढी सेयर धितो कर्जा लिन पाउने छैनन् । यस्तै, सबै वित्तीय संस्थाबाट सेयर कर्जा १२ करोडभन्दा बढी लिन नपाइने र लिएको भएमा आगामी एक वर्षभित्र त्यससलाई घटाउन बैंकको निर्देशन दिएको छ ।
लगानीकर्ताहरुले भने सेयर कर्जामा राष्ट्र बैंकले सिमा तोक्न नहुने र यसरी सिमा तोकिएमा लगानीकर्ताको मनोबल घट्ने बताउँदै आएका छन् ।