यातायात व्यवसायीलाई प्रति सवारी थप २ लाख ऋण दिँदा कर्जा सिमा कायम गर्नुनपर्ने
काठमाडौँ, ९, भदौ । नेपाल राष्ट्र बैंकले यातायात व्यवसायीलाई दिने कर्जामा लचक्ता अपनाएको छ । बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न हिजो (मंगलबार) ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तिय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै लचक्ता अपनाउन भनेको हो ।
निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधान संचालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सिमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साधान २ लाखसम्म थप ऋण प्रदान गर्न सक्नछेन् ।’
कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई दिइने यस्तो कर्जाका लागि इक्ईटी रेसियो र २०७९ असार मसान्तसम्ममा एकल ग्राहक कर्जा सिमा कायम नगरे हुने भएको छ । केन्द्रीय बैंकले महामारीबाट प्रभावित बनेका यातायात व्यवसायीलाई दिने राहतस्वरुप यस्तो व्यवस्था कायम गरेको हो ।