हिमाल दोलखा हाइड्रोपावरले निकाल्यो वित्तिय विवरण; १ करोड ८८ लाख घाटामा
काठमाडौँ, ९, भदौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ करोड ८८ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले १ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी पनि ३२.८१ प्रतिशत ले घटेर १४ करोड ८३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ करोड रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा पनि ३९.६३ प्रतिशत ले घटेर १० करोड ८३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसले १७ करोड ९५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । कम्पनीले हालसम्म अन्य स्रोतबाट गर्ने आम्दानी भने गरेको छैन । यता, कम्पनीले वर्षा याममा आएको बाढीले गर्दा आयोजनामा भएको क्षतिको कारण पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको जनाएको छ ।
कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी घट्नु, सञ्चालन घाटामा जानु र आयोजनामा भएको क्षतिले गर्दा नोक्सानमा रहेको छ । हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ भने २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा र ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ९० पैसा र प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ २० पैसा रहेको थियो ।