image
image

चैत १५ देखि पोखरा- सिमरा हवाई उडान सुरु हुने 

कास्की । पोखराबाट जितपुर सिमरा हवाई उडान सञ्चालन हुने भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको मन्त्रीस्तरको बैठकले पोखरादेखि सिमरा चैत १५ गते जहाज सञ्चालन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई सातै प्रदेशसँग सीधा हवाई सम्पर्कमा जोड्ने प्रदेश सरकारको उद्देश्यअनुरूप पोखरा–सिमरा विमान सञ्चालन गर्ने तयारी गरिएको हो । 

चैत १५ गते परीक्षण उडानसँगै पोखराबाट सिमरा हप्ताको तीन दिन नियमित उडान हुनेछ । यती एयरलाइन्सले उडान भर्ने पोखरा–सिमराको भाडादर चार हजार पाँच सय रुपियाँ कायम गरिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।