image
image

नेप्सेमा लगातार पहिरो, कारोबार रकममा पनि गिरावट 

काठमाडौँ ९ भदौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४८.४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४५ विन्दुमा थामिएको छ ।त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएको छ । मंगलबार १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।


आज २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार  ८९ शेयर १ लाख १८ हजार ९ सय ७२ पटक कारोबार भएको छ ।त्यस्तै आज कारोबार भएका सबै समूह घटेका छन् ।    

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा जीवन विकास लघुवित्त वित्तिय संस्था र आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ४२९.६० रुपैयाँले बढेर प्रतिकित्ता ४७२६.३० पुगेको छ  भने आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्य १०६.९० रुपैयाँले बढेर प्रतिकित्ता ११७६.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५७.३० रुपैयाँमा झरेको छ ।    

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको छ ।              

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।