image
image

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा 

काठमाडौं, १०, भदौ । एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर आज (बिहीवार)देखि विक्रीमा आएको छ । 

कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक सदस्यहरुले मूल्य र कित्ता खुलाई कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी आवेदन दिनु पर्नेछ । 

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने वा सबै शेयर विक्री नभएमा बाँकी रहन गएको शेयर कित्ता प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।