image
image

कालिका पावरको आम्दानी  प्रतिशेयर ९१.४६ प्रतिशतले  वृद्धि

काठमाडौँ १ फाल्गुन । कालिका पावर कम्पनीले आफ्नो साधारणसभामा आम्दानीमा उच्च वृद्धि भएको जानकारी दिएको छ । हालै सम्पन्न १३औँ साधारणसभामा कम्पनीले विद्युत् बिक्री गरेर रु ११ करोड २७ लाख ७३ हजार ३३६ आम्दानी गरेको जानकारी दिइएको हो ।

 त्यस्तै कम्पनीले चालू आर्थिक वर्षको पुससम्ममा रू ५ करोड ३६ लाख कमाएको बताएको छ । कम्पनीका सञ्चालक पदम गुरुङका अनुसार अनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ । विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत् बिक्री गरेर आम्दानी गरेको छ ।

वि.सं २०६४ फागुन २४ गते दरौदी कालिका हाइड्रो प्रालिका रुपमा दर्ता भएको संस्था बिसं २०७२ असोजदेखि पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावट विद्युत्को व्यापारिकरुपमा उत्पादन गर्दै आएको छ । कालिका पावरले छिटै चार वटा जलविद्युत् आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडि बढाएको छ । 

त्यस्तै कालिका पावर देशकै ठूलो जलविद्युत् कम्पनीका रुपमा स्थापित गरिने कम्पनीका अध्यक्ष तथा प्रवन्ध सञ्चालक, पूर्वमन्त्री विक्रम पाण्डेले बताए । अर्को वर्षदेखि कालिका पावर कम्पनीले शेयरधनीलाई बोनस दिनसक्ने अवस्थामा पुग्ने बताए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।