image
image

सनराइज बैंकको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन

काठमाडौं, १०, भदौ । सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुर्याएको हो ।

बैंकको अनुसार शेयरधनी बेगानीले शेयरको मुल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सुचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सुचना जारी गरेको हो ।

बैंकले परिवर्तित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।