अफगानिस्थानलाई यी देश र संगठनले रोके आर्थिक मद्दत
काठमाडौँ १० भदौ । अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भएपछि विभिना देश तथा संगठनले दिने आर्थिक सहयोग रोकिने भएको छ । विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएको परियोजनाबाट आफ्नो हात झिकेको छ । यता अमेरिकाले अफगानिस्तानलाई सात अर्ब डलरको विदेशी मुद्रा भण्डार फ्रिज गरिदिएको छ ।
यस्तै अगस्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषको तर्फबाट अफगान सरकारले ४४० मिलियन डलर पनि स्थगित भएको छ । जर्मनीले पनि अफगानिस्तानलाई दिइने आर्थिक सहायता रोक्ने निर्णय गरेको छ भने स्वीडेन र फिनल्याण्डले पनि यस्तै कदम उठाएको छ ।
यता युरोपेली संघले पनि अफगानिस्तानको विकासमा मद्दत दिइने आर्थिक सहायता रोकिदिने बताएको छ । युरोपेली संघको तर्फबाट अफगानिस्तानले सन् २०२१ देखि २०२४ का बीच १.४ अर्ब डलरको रकम पाउँदै थियो ।