image
image

नेप्से दोहोरो अंकले बढ्दा १४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि 

काठमाडौँ १० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।   त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएका थियो ।


यस्तै, आज २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ शेयर १ लाख ३० हजार ९ सय ३८ पटक कारोबार भएको छ । आज कारोबार भएका आठ समूह घटेका छन् भने अन्य समूह बढेका छन् । 

नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्रिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, माउन्टेन इनर्जी नेपाल र सिनर्जी पावर कम्पनी रहेका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।