घट्यो महँगी:नेपाल राष्ट्र बैंक
काठमाडौँ १० भदौ । नेपाल राष्ट्र बैंकले मुलुकमा महँगी घटेको बताएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक रिर्पोट सार्वजनिक गरेको बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ को मुलुकको उपभोक्ता मुद्रास्फीति अर्थात् बजार महँगी २.५५ प्रतिशतले घटेको बताएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ६.१५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा ३.६० प्रतिशतमा सीमित भएको बताएको छ । यता मुद्रास्फीति भने बढेको देखिन्छ। २०७७ असारसम्ममा मुलुकको उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेकोमा वार्षिक विन्दुगत रुपमा गत २०७८ असारमा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्ष यस्तो मुद्रास्फीति अधिकतम ८.१६ प्रतिशत रहेको बैंकले जनाएको छ ।