यी तीन कम्पनीको आईपिओ पर्ने छाेटो समयमै भए मालामाल, यती धेरै कमाए
काठमाडौँ १० भदौ । पछिल्लो समय नेपालमा पनि शेयर कारोबार गर्ने बढेका छन् । करिब ३० लाखभन्दा बढी डिम्याट खाता खोलिसकेका छन् । अरु समूह भन्दा लघुवित्त कम्पनीको थोरै पुँजी हुने भएकाले शेयर बजारमा उच्च माग हुन्छ र त्यसको मूल्य पनि निकै उच्च भएको छ । पछिल्लो समय छोटो समयमा चन्द्रागिरी हिल्स प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त जस्ता कम्पनीको शेयर पार्ने लगानीकर्ताले धेरै आम्दानी गरेका छन् ।
२०७७ चैत ४ गतेबाट दोस्रो बजारमा कारोबार थालनी गरेको महिला लघुवित्त कम्पनीको १० कित्ता आईपिओ पार्न सफल लगानीकर्ताले करिब ३ महिनामा नै ५३ हजारसम्म आम्दानी गरेका छन् । सुरुवातमा भने यस कम्पनीले ४०६ रुपैयाँको ओपनिङ रेन्ज पाएको थियो ।
साउन १४ गतेबाट दोस्रो कारोबार सुरु गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको एक हजार रुपैयाँको आईपिओ पार्न सफल लगानीकर्ताले एक महिना नबित्दै करिब ५० हजार आम्दानी गरेका छन् ।त्यस्तै २०७७ माघ २५ गते दोस्रो बजारमा १६५ को ओपनिङ रेन्ज पाएको चन्द्रागिरी हिल्सको १० कित्ता आईपिओ अर्थात एक हजाररुपैयाँ लगानी गर्ने लगानीकर्ताले एक महिनामै २६ हजार रुपैयाँसम्म कमाए । पछिल्लो समय चन्द्रागिरीको शेयरमूल्य १४८२ रुपैयाँ छ ।