image
image

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाको खोप

काठमाडौँ, ११, भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् ।

सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताए ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताए । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताए । 

अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उनले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गरे । विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उनले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।