image
image

निर्यात ११५ प्रतिशत र आयात ७६ प्रतिशतले बढ्यो

काठमाडौँ, ११, भदौ । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनामा आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा आयात ७६।६६ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजार रुपैयाँको आयात भएको थियो । सो अवधिमा निर्यात भने ११५ प्रतिशतले बढेर २० अर्ब ७६ करोड ५१ लाख १६ हजार रुपेैयाँ पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा ९ अर्ब ६२ करोड ४९ लाख रुपेैयाको निर्यात भएको थियो ।आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार रुपैयाँ व्यापार घाटा रहेको थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ । एक महिनामा वस्तु तथा सेवाको आयातबाट ३९ अर्ब १९ करोड ४३ लाख २३ हजार रुपेैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै १४ अर्ब, ४६ करोड ५४ लाख ९२ हजार रुपैयाँको आइरन स्टिल, १२ अर्ब २३ करोड ९९ लाख ८ हजार रुपैयाँको विद्युतीय सामग्री आयात भएको छ भने १० अर्ब १४ करोड ५४ लाख ५० हजारको सवारी साधन आयात भएको विभागको तथ्यांक छ ।

यस्तै चालू आवको पहिलो महिनामा ६ अर्ब ७० करोड ९७ लाख २४ हजार रुपैयाँको खाद्यान्न आयात भएको छ भने ४ अर्ब ४१ करोड ५५ लाख ३ हजार रुपैयाको तरकारी आयात भएको विभागको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।