image
image

एनएमबि क्यापिटलको वार्षिक साधारण सभा असोज १ गते

काठमाडौँ, ११, भदौ । एनएमबि क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ ३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको एघारौँ वार्षिक साधारण सभा असोज १ गते गर्ने भएको हो । 

सभा आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा बिहान ११:३० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ३० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । 

क्यापिटलमा एनएमबि बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको हुनाले यो लाभांश बैंकले पाउनेछ । त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।