image
image

शुक्रबार बढ्यो सुनको मूल्य; तोलाको कति ?

काठमाडौँ, ११,भदौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत बिहीबार २ सय रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।  तर, यता सुनको मूल्य बृद्धि भइरहँदा बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।

महासंघका अनुसार गत बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।