image
image

साउन महिनामा एक खर्ब ७९ अर्बको व्यापार 

काठमाडौँ, ११, भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कुल रु २० अर्ब ७६ करोड ५१ हजार बराबरको माल बस्तु निर्यात भएको छ । आव २०७७/७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो । 

आव २०७७/७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७/७८ मा कूल रु १४ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । 

अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७/७८ मा कूल वस्तु व्यापा घाटा वृद्धि भई रु १३ खर्ब १८ अर्ब ७१ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । 

चालू आवको पहिलो महिनामा व्यापार घाटा रुर एक खर्ब २१ अर्ब १६ करोड बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापा घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा रु एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । 

भन्सार विभागका अनुसार भारतबाट नेपालमा रु ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट रु १६ अर्ब ८६ करोड बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट रु २० अर्ब ९७ करोड बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै रु आठ करोड बराबरको निर्यात भएको छ ।

विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत  छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।