image
image

साउन महिनामा ८ अर्ब ९८ करोड बढिको भटमासको तेल निर्यात

काठमाडौँ, १२, भदौ । चालू आर्थिक वर्ष २०७८.७९ को पहिलो महिना अर्थात साउनमा ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भटमासको तेल सबैभन्दा धेरै निर्यात भएको हो ।

भटमासको तेलपछि पाम तेल निर्यात उच्च छ । साउनमा ९४.३९ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको विभागको तथ्याङ्क छ । पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि कच्चा भटमास र पाम आयात गरी प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्ति बढेको छ । यसले नेपालको निर्यातलाई वृद्धि गरेको देखिन्छ ।

नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा कार्पेट, टेक्सटायल, प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा पनि अग्र स्थानमा रहेका छन् । साउनमा ८०.१२ करोडको कार्पेट, टेक्सटायलजन्य वस्तु, ७९।१९ करोडको सूर्यमुखी तेल र ६१.४३ करोड रुपैयाँ बराबरको ऊनी कपडा निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै साउनमा सबैभन्दा धेरै कच्चा भटमास तेलको आयात भएको छ । यस महिनामा ८ अर्ब ३२ करोड ८९ लाख ९७ हजारको कच्चा भटमास तेलको आयात भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।