क्युवाले पनि क्रिप्टोकरेन्सीलाई मान्यता दिने
काठमाडौँ १२ भदौ । क्युवाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ ।क्युवा क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बनेको छ । यस अघि अमेरिकी देश एल साल्भाडोरले देशमा रेमिटेन्स भित्राउनका लागि उत्प्रेरित गर्ने भन्दै क्रिप्टोकरेन्सी बिटक्वाइनलाई मान्यता दिने घोषणा गरेको थियो ।
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालमा लागेको कडा प्रतिबन्ध पश्चात् अमेरिकी डलरको प्रयोग कठिन बनेसँगै क्युबामा प्रविधिमैत्री युवापुस्तामाझ क्रिप्टोकरेन्सीको लोकपि्रयता बढेको छ । भौगोलिक रुपमा टाढा टाढासम्म कारोबार गर्न सकिने र भुक्तानीकर्ता र प्रापकको परिचय गोप्य रहने हुँदा यसमा लगानीकर्ता आकर्षित हुने गर्छन् ।