यो सात तीन कम्पनीको शेयर सूचिकृत
काठमाडौँ १२ भदौ । यो साता नेप्सेमा ३ कम्पनीको शेयर सूचीकृत भएको छ। प्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड-१ को इकाई सूचिकृत भएको हो ।यी ३ कम्पनीको जम्मा १३ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको छ ।
कुनको कति ?
नेप्सेमा सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस वापतको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै अपि पावर कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापतको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
साथै राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको १२ कराेड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकाे छ ।