image
image

सात पालिकाको बेरुजु २७ करोड ६८ लाख

काठमाडौँ, १३, भदौ । जाजरकोटका सात वटा पालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार रुपियाा देखिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिबेदनले जिल्लाका सातवटै पालिकाको बेरुजु देखाएको हो ।

बेरुजुको तथ्यांकमा सबैभन्दा अगाडि छेडागाड नगरपालिकामा रहेको छ । नगरपालिकाले १ अर्ब २३ करोड ५६ लाख ९ हजार रुपियााको लेखापरीक्षण गराएकोमा ८ करोड १ लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै शिवालय गाउापालिकाले ५८ करोड १ लाख ४१ हजारको लेखापरीक्षण गराएकोमा ३ करोड ४७ लाख ९ हजार अर्थात ५ दशमलव ९८ प्रतिशत, जुनीचाादे गाउापालिकाले ९५ करोड ५२ लाख ५ हजारको लेखापरीक्षण गरेकोमा ४ करोड ६६ लाख ६१ हजार अर्थात ४ दशमलव ८८ प्रतिशत, बारेकोट गाउापालिकाले ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकोमा ३ करोड २९ लाख ८६ हजार बेरुजु देखिएको छ । 

भेरी नगरपालिकाले १ अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ३ करोड ४८ लाख १३ हजार, नलगाड नगरपालिकाले १ अर्ब ८ करोड २४ लाख ७ हजारको लेखापरीक्षण गराएकोमा २ करोड ७१ लाख ६५ हजार २ दशमलब ५१ प्रतिशत रुपियाा बेरुजु देखिएको हो ।

जाजरकोटका सातवटै पालिकामा गरिएको लेखापरीक्षणमा कुशे गाउापालिकाको बेरुजु कम देखिएको छ । सो पालिकामा ८६ करोड ४४ लाख ३२ हजार बजेटको लेखापरीक्षण गरेकोमा २ करोड ३ लाख ३० हजार २ दशमलव ३५ प्रतिशत बेरुजु देखिएको छ । 

आर्थिक ऐन नियमावली विपरित भुक्तानी दिएको खर्चको पादर्शिता नराखेको, कागजजात बिल भरपाई नमिलेको नियमाबली विपरित खरिद भुक्तानी दिएको कारण जनाउादै महालेखा परीक्षकको कार्यालयले बेरुजु निकालेको हो । बेरुजु रकम केही असुल उपर गर्नुपर्ने कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटका निमित्त कोष नियन्त्रक राम शाहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।