image
image

रोनाल्डो प्रभाव– युनाइटेडको सेयर मूल्य एकै दिन २९३ मिलियन डलर

काठमाडौँ, १३, भदौ । पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आउने भएपछि म्यानचेस्टर युनाइटेडको सेयर मूल्यमा उछाल आएको छ । रोनाल्डो १२ वर्षपछि क्लब फर्किने भएसँगै युनाइटेडको सेयर मूल्य एकैदिन २९३ मिलियन अमेरिकी डलर (२१२ मिलियन पाउन्ड)ले बढेको छ ।

बेलायतको समाचार संस्था द मिररका अनुसार शुक्रबार एकै दिन युनाइटेडको सेयर मूल्य २९३ मिलियन डलरले बढ्यो । यो रोनाल्डो युनाइटेड आउने घोषणा लगत्तै क्लबको सेयर मूल्यमा आएको ९.८ प्रतिशतको वृद्धि हो । सामाजिक सञ्जालमार्फत रोनाल्डो आउने घोषणा गर्नुअघि युनाइटेड सेयर मूल्य प्रतिकित्ता १७.३८ डलर थियो । युनाइटेडले ट्वीटरमार्फत ‘वेलकम होम’ भन्दै रोनाल्डो आउने सूचना दिएपछि यसको सेयर मूल्य प्रतिकित्ता १९.०९ डलर पुग्यो । र, यो अझै बढ्ने क्रम जारी छ ।

यसअघि रियल मड्रिड छाडेर इटालियन क्लब जुभेन्टियस जाँदा पनि क्बलको सेयर मूल्य यस्तै बढेको थियो । यस्तै युरो २०२० को पत्रकार सम्मेलनमा कोकको बोतल हटाएपछि कम्पनीले ४ बिलियन डलर गुमाएको थियो । रोनाल्डोले बोतल हटाउनुअघि ५६.१ डलर रहेको कोकको सेयर मूल्य घटेर ५५.२ डलरमा झरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।