image
image

आजको विदेशी रकमको विनियम दर

काठमाडौँ, १४, भदौ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर स्थिर कायम भएको बताएको छ । आजको विदेशी विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर स्थिर रहेको बताएको हो । हिजो डलरको भाउ एकै दिन ८० पैसाले घटेको थियो ।

यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.४१ र खरिद १३८.७० रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६२.७४ र खरिद मूल्य १६१.९२ रुपैयाँ छ । यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री ८६.७२ र खरिद दर ८५.९८ रुपैयाँ तथा सिंगापुर डलरको बिक्री ८७.८१ र खरिद ८७.३६ रुपैयाँ छ ।

यता १० जापानी येनको बिक्री १०.७६ र खरिद दर १०.७१ रुपैयाँ, साउदी अरबको रियालको बिक्री ३१.५२ र खरिद मूल्य ३१.३६ रुपैयाँ र कतारी रियालको बिक्री ३२.२७ रुपैयाँमा हुँदा खरिद दर ३२.१० रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२१ रुपैयाँमा हुँदा खरिद २८.०७ रुपैयाँ कायम रहेको बैंकले जनाएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री १०.१७ र खरिद १०.१२, हङकङको एक डलरको बिक्री १५.१८ र खरिद १५.१० तथा चिनियाँ युआनको बिक्री १८.२६ र खरिद १८.१७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।