नेपालबाट विदेश निर्यात हुँदै सुनका गहना
काठमाडौँ। नेपालबाट सुनका गरगहना विदेश निर्यात हुन थालेको छ। सरकारले आयात निर्यातका लागि चाहिने एचएस कोड उपलब्ध गराएपछि सुनका गहना निर्यात हुन थालेको हो ।
आर्थिक वर्षको ६ महिनासम्ममा नेपालबाट १२ करोड ३६ लाख रूपैयाँ बराबरको सुनका गहना निकासी भएको छ । भन्सार विभागका अनुसार आर्थिक बार्षको मध्यवधी समयमा १० करोड ६३ लाख रूपैयाँ बराबरको सुँका गहना निकासी भएको हो ।
विभागका अनुसार १ करोड ७३ लाख रूपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । यसैगरी, यही अवधिमा नेपालबाट ११ करोड २४ लाख रूपैयाँको चाँदीका गरगहना निकासी भएको छ ।
नेपालबाट सबैभन्दा बढी अस्ट्रेलिया, हङकङ र अमेरिका सुनका गहना निर्यात भएको छ । नेपालबाट निकासी हुने चाँदीका गरगहना १५ वटा मुलुकमा जाने गरेको छ । जर्मनी, हङकङ, जापान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, नेदरल्याण्ड्समा निर्यात हुँदै आएको छ ।
यस्तै, पोर्चुगल, रसिया, सिंगापूर, स्वीजरल्याण्ड, ताइवान, बेलायत र अमेरिकामा समेत चाँदीबाट बनेका गरगहना निकासी हुँदै आएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा आठ करोड ७४ लाख रूपैयाँका चाँदीका गहना निर्यात भएको छ ।