image
image

बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी बनाउने कार्ययोजना तयार

काठमाडौं, १४, भदौ। बाढीपहिरोले ठूलो क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापनामा नेपाली सेनालाई खटाइने भएको छ। प्राविधिकहरुको आकलन विपरीत ठूलो क्षति भएर परियोजना अनिश्चित भएपछि मेलम्ची खानेपानी विकास समितिले काम बाँडेर गर्न योजना प्रस्ताव गरेको हो।

पुनर्स्थापना योजनामा जटिल प्रकारका कामका लागि सेनाको सहयोग लिन लागिएको आयोजनाका एक अधिकारीले बताए।सबै काम सेनाले मात्रै गर्ने होइन, खास खास काम बाँडेर गर्न खाका बनाएका हौं,उनले भने, धेरै समय लागेको र वैदेशिक ऋणसहितको ठूलो लगानी भएको आयोजना हो, ठप्प भइरहँदा चुप लागेर बस्न मिल्दैन। त्यसैले पुनर्स्थापना योजना तयार पारिएको छ।

आयोजनाको प्रस्तावित योजनाअनुसार सेना खटाउनेरनखटाउनेमा सरकारले निर्णय भने गरिसकेको छैन। सेनाले दूरगामी महत्त्व र ठूलो लागतका पूर्वाधार आयोजनाहरुमा काम गर्दै आएको छ। मेलम्चीमा पनि काम गर्ने बारे भने प्रस्ताव रक्षा मन्त्रालय र सेनासम्म पुग्नै बाँकी छ।

सेना अघि लगाएर एक्लै गर्न दिने ७५ करोड लागत आउने दुइटा काम छन् भने आयोजना निर्माण कम्पनीसँग मिलेर गर्ने १ करोड ७५ लाख लागत आउने अनुमान गरिएको एउटा काम प्रस्तावित छ।    

मेलम्ची आयोजनाले उपत्यकाका पानी परीक्षण वितरण गरिसकेको थियो। उक्त परीक्षणको नतिजाबाट आयोजनाका अधिकारीहरु ढुक्क थिए। तर गत असारको बाढीपहिरोपछि आयोजना पुरै ठप्प हुँदा अझैसम्म अन्योलमा छ। लामो समय लगाएर एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन आयोजनामा विदेशी परामर्शदाता र निर्माण कम्पनीले काम गरिरहेका थिए।

भेम्राथाङको पहिरोपछि अहिले आएर आयोजनास्थल र त्यसभन्दा तल्लो क्षेत्रलाई मात्रै ध्यान दिएर काम गरेको खुलेको छ। आयोजनास्थल माथिल्लो क्षेत्रबाट आएको पहिरो र बाढीले पुरेको छ, जसको हेक्का नै प्राविधिकले राखेका थिएनन्।     

मेलम्ची खानेपानी विकास समितिले नेपाली सेना, सडक, सिंचाइ विभागसहित विभिन्न निकायको सहयोगमा निर्माण अघि बढाउने गरी पुनर्स्थापना  कार्य योजना बनाएको छ। चालु महिनाबाटै काम थाल्ने गरी योजना बनाइएको आयोजनाका एक अधिकारीले बताए।

२०८० कात्तिकसम्म सबै काम सक्ने गरी योजना बनाइएको छ। हाम्रो खाकाअनुसार काम हुन सके आयोजना फेरि छिटै काठमाडौंलाई पानी आपूर्ति गर्न तयार हुनेछ, उनले भने, त्यसका लागि २ अर्ब २७ करोड रुपैया (संशोधन हुन सक्ने) लाग्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।