बजारको भन्दा खाद्यको चामल महङ्गो भएको गुनासो
काठमाडौँ १ फागुन । पछिल्लो समय बजारमा खाद्य वस्तुको मूल्य आधिक वृद्धि भईरहेको छ । त्यसतै बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारको भन्दा खाद्यको चामल १० रुपैँयाले महङ्गो भएको गुनासो बढिरहेको छ।
बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।
बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । अरुवा मध्यम चामल प्रतिकेजी रु ४९, अरुवा मोटो रु ४६, स्टिम जिरामसिनो ६५, अरुवा मकवानपुर रु ४६, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुटबोरो रु ४६, प्लास्टिक जुटबोरो रु ४०, बङ्गलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट बिक्री गरिरहेको छ । यही चामल बजारमा प्रतिकेजी रु १० कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो । अहिले कम्पनीको नायकवाडा चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा, घरङ्गा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ ।
सहुलियतामा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारको भन्दा महङ्गो भएको गुनासो आएपछि पटक–पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।