image
image

गरिमा विकास बैंकको विशेष साधारण सभा आज हुँदै

काठमडौँ, १५, भदौ । गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभा आज  (भदौ १५ गते, मंगलबार) हुँदैछ । उक्त सभा बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौँमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, सभामा सञ्चालक समितिले  निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।