image
image

उद्योग बाणिज्य संघको अधिवेशन स्थगित 

काठमाडौँ, १५, भदौ । लेखनाथ उद्योग बाणिज्य संघको भदौ १८ र १९ गतेका लागि तोकिएको १३ औं अधिवेशन अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । 

चुनाबी प्रक्रियादेखि अधिवेशनमा धेरै जनाको उपस्थिति हुन सक्ने र कोरोनाको महामारी विद्यमान रहिरहेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सूचना नआउँदासम्मका लागि रोकिएको हो । 

यसअघि संघको निर्वाचनको कार्यक्रमअन्तर्गत उमेदवारी दर्तादेखि उम्मेदवारकोे अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो । अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध भइसकेको छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।