image
image

एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन

काठमाडौँ, १५, भदौ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब ३० लाख सङ्कलन भएको छ । गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म २९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ । 

सङ्कलन भएको रकममध्ये १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । बोलकबुलका केही रकम उठ्न बाँकी रहेकाले केही दिनपछि हुन गई रहेको सम्मान कार्यक्रममा उक्त सङ्कलन हुने विश्वास गरिएको उनले बताए । उपशाखाले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालेपछि नेपाल रेडक्रस सोसाइटी दिवसकै दिन यही आउँदो भदौ १९ गतेबाट अर्थ सङ्कलन कार्य बन्द गर्न लागेको हो । 

सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग पुर्‍याउने व्यक्ति, सङ्घसंस्थालाई सम्मान तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको उपशाखाका सभापति पौडेलले जानकारी दिए । 

जुन उद्देश्यको लागि आर्थिक सङ्कलन थालिएको थियो त्यो लक्ष्य पूरा भयो । उनले भने, एम्बुलेन्स खरिद गर्दा खर्च भएको रकम बाहेक अरु रकम बैंकमा मुद्दती खातामा राखेर आउने ब्याजबाट एम्बुलेन्स सञ्चालन गरिनेछ ।  उपशाखाले असारदेखि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त अभियानमा २५ हजारभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई उपशाखा र जिल्लाको सिफारिसमा प्रदेशले केन्द्र अनुमति लिएर प्रमाणपत्र प्रदान गरिने छ ।

उपशाखाले थालेको अभियानमा व्यक्ति तथा सङ्घसंस्था गरी १९२ वटाले आर्थिक सहयोग गर्नुभएको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए । वैशाख महिनादेखि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९का कारण दुई महिना ढिलाइ हुन गएको उनले बताए । उक्त अभियानमा एक लाखभन्दा बढी सहयोग गर्ने एयस्कर एक, २५ हजार बढी दिने बिशिष्ट व्यक्ति १० र संस्थागत सदस्य ११ जना रहेका छन् । 

अतिविपन्न परिवारलाई सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा आवश्यक परेमा निःशुल्क सेवा उपलब्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको सोसाइटीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।