image
image

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५, भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि बिक्रिमा ल्याएको १८ लाख कित्ता साधारण शेयरमा आज आवेदन दिने अन्तिम दिन हो । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र लमजुङ जिल्ला बाहेक अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
बाँकी रहेको ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि गर्ने जनाएको छ ।

आईपीओमा छिटोमा भदौ १५ र ढिलोमा भदौ ३० गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको सुचनामा उल्लेख गरिएको छ । आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।