image
image

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ १५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

 आज २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ शेयर १ लाख ३० हजार ७ सय ७४ पटक कारोबार भएको छ । आज कूल १३ समूह नै घटेका छन् ।    

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५८ प्रतिशतले बढेको छ ।  

त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूलय आज ९.९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।