image
image

नेप्से झिनो अंकले बढ्दा रु रु जलविद्युतको शेयर मूल्यमा वृद्धि   

काठमाडौँ १६ भदौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज बुधबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से १.१८ अंकले बढेर दुई हजार ९ सय ७७ दशमलब २ विन्दुमा पुगेको छ ।  त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको छ । मंगलबार १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको थियो ।

आज २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ६ सय अ५५ शेयर १ लाख ४ हजार ३ सय ४२ पटक कारोबार भएको छ । आज कूल १३ समूह मध्ये ४ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् ।   

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५५ प्रतिशतले बढेको छ ।   

त्यस्तै, आज सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज ९.९८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५९ करोड भन्दा बढीको कारोबार भएको छ ।                


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।