नेप्सेमा सानिमा लाइफको शेयर सूचीकृत, कति तोकियो ओपनिङ्ग रेन्ज ?
काठमाडौँ १६ भदौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार भदौ १७ गते बिहीवारदेखि सुरु हुने भएको छ । कम्पनीले बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड कित्ता शेयर सूचीकृत गराएसँगै बिहीवारदेखि कारोबार सुरु हुने भएको हो ।
कम्पनीले सस्थापक तर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारणतर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो । एसएलआई स्टक संकेतबाट सूचीकृत कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १०३ दशमलव १७ देखि रू. ३०९ दशमलव ५१ सम्मको मूल्य रेञ्ज तोकेको छ ।
नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेञ्ज तोकेको हो । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७५÷७६ सम्म रू. १०३ दशमलव १७ रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गते सम्म सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ विक्री गरी साउन ३० गते बाँडफाँट गरेको हो ।