image
image

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

 काठमाडौँ - मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ अर्ब ९६ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादन ७१ हजार टनले वृद्धि भएको सरकारी तथ्यांक छ । तर, खाद्यान्नको आयात भने अघिल्लो वर्षको तुलनामा दोब्बर छ ।

सरकारी अधिकारीका अनुसार मसिनो चामल खाने नेपालीको बानीका कारण चामल आयात बढेको हो । अर्कोतर्फ मुलुकबाट धान निर्यात भएर पुनः चामलका रूपमा आयात हुँदा ठूलो परिमाणमा चामल भित्रिएको छ ।

छिमेकी मुलुक भारतबाटै ठूलो परिणाममा खाद्यान्न आयात भएको छ । विभागका अनुसार ६ महिनामा चामलमात्र १६ अर्ब ६८ करोड ९४ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । यस्तै सोही अवधिमा १४ अर्ब १२ करोड ६४ लाख ३ हजार रुपैयाँको मकै आयात भएको छ । मकै पोल्ट्री उद्योगमा दानाका लागि बढी आयात हुने गरेको छ । मकै मुलुकमै पर्याप्त उत्पादन गर्ने सम्भावना भए पनि उत्पादन नहुँदा ठूलो परिमाणमा आयात हुने गर्छ ।

यस्तै, ७ अर्ब २६ करोड २९ लाख ५६ हजारको गहुँ र गहुँको बीउ आयात भएको छ । सोही अवधिमा ८ अर्ब ४९ करोड ३० लाख ४६ हजार रुपैयाँको धानको बीउ आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।