भुक्तानीको अनुगमन गर्न राष्ट्र बैंकले ल्यायो विनियमावली
काठमडौँ, १७, भदौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७८ जारी गरेको छ । भुक्तानी प्रणालीको नितीगत व्यवस्था गरेर भुक्तानी फस्र्यौट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउन भन्दै बैंकले विनियमावली ल्याएको हो ।
अब राष्ट्र बैंकले विनियमावलीमार्फत कानुनबमोजिम व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनको परिपालना भए/नभएको परिक्षण गर्ने छ । यस्तै, संस्थाले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, संस्थाको कारोबारमा अन्तरनिहित जोखिम पहिचान र संस्थाको समग्र वित्तीय अवस्थाको विश्लेषण समेत गर्ने छ ।
विनियमावलीमा डेपुटी गर्भनरको अध्यक्षमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक सदस्य रहने गरी भुक्तानी प्रणाली सिफरिस समितिको व्यवस्था गरिएको छ । यो समितिमा बैंकिङ विभाग, सूचना प्रविधि महाशाखाका निर्देशक सदस्य र भुक्तानी प्रणाली विभागका निर्देशक सदस्य रहने छन् ।