image
image

कारोबारमा आएको आधा घण्टामै सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौँ, १७, भदौ ।आजबाट धितापत्र बोर्डको दोस्रो बजार नेपाल स्टक एक्सेन्च –नेप्सेमा कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्सेको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३०.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३३९.९० रुपैंया पुगेको छ । 

नेप्सेमा कारोबार सुरु भएको आधा घण्टामै कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । सो अवधीसम्म मार्केट डेपमा कम्पनीको ७ लाख २७ हजार ६७६ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमा माग शून्य रहेको छ ।   

कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू.१०३.१७ देखि ३०९.५१ ओपन रेञ्ज तोकेकोमा अन्तिम मूल्य रेञ्जमा कारोबार  भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।