image
image

खानेपानी परियोजनालाई जापानद्वरा आठ करोड ३२ लाख बढी सहयोग  

काठमाडौँ, १८, भदौ । जापानले सिन्धुपाल्चोक जिल्ला खानेपानी परियोजना र कृषिजन्य आम्दानीका लागि सहयोग गर्न आठ करोड ३२ लाख १० हजार रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । जापानी राजदूत किकुता युताका र जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था पीस विन्ड्सका प्रतिनिधि यामागुची नानाले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

‘पीस विन्ड्सले सुटेबल एक्सन फर प्रोस्पेरिटी’ नामक स्थानीय गैरसरकारी संस्थासँग मिलेर सिन्धुपाल्चोकको सुनकोशी र मेलम्ची नगरपालिकाका साथै बलेफी गाउँपालिकामा उक्त परियोजना सञ्चालन गर्ने बताइएको छ । परियोजनाले उक्त क्षेत्रका स्थानीयको स्वास्थ्य र सरसफाइमा योगदान पुग्नेगरी गुणस्तरीय खानेपानीमा पहुँच सुनिश्चित गर्ने बताइएको छ । त्यस्तै, स्थानीय कृषि उत्पादनका लागि बजारको प्रबन्ध गरिदिएर त्यहाँका बासिन्दाको आयस्रोत उकास्न पनि यो परियोजनाले सहयोगी भूमिका खेल्ने बताइएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै जापानी राजदूत किकुताले समुदायमा आधारित यस्ता परियोजनाले स्थानीय वासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरोना महामारीका कारण संकट झेलिरहेको बेलामा यस्ता खालका परियोजनाले कोरोना महामारीपछिको समृद्ध समाज निर्माणका साथै गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।