स्मिता दाहालले गाइन् भारतीय गायकसँग हिन्दी गीत
काठमाडौँ, १८, भदौ । गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। इबादत बन गए होु बोलको यो गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा स्मितालाई भारतीय गायक शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत छ। भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको सामाजिक लेखेकी छन्।
यस गीतको भिडिओमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन्। गीतको भिडिओलाई राजीव एस रुइयाले निर्देशन गरेका हुन्।