एकै वर्षमा १६ अर्बको मकै आयात
काठमाडौँ, १८, भदौ। पछिल्लो एक वर्षको अवधिमा १६ अर्ब बढीको मकै नेपाल आयात भएको छ । बीउ र दाना प्रयोजनका लागि भारतलगायतका विभिन्न देशबाट १६ अर्ब २ करोड ४ लाख बराबरको मकै आयात भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा सो परिमाणको मकै विदेशबाट आयात भएको हो । गाई, भैसी जस्ता पशु चौपायाका लागि आवश्यक पर्ने मकै भारतबाटै आयात हुन्छ । त्यतिमात्र होइन, बीऊका लागि समेत भारतकै भर पर्नुपर्ने अवस्था सिजर्ना भएको तथ्यांकले देखाएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, सो अवधिमा ८५ करोड १६ लाख १८ हजार रुपैयाँ बराबरको बीउ मकै आयात भएको छ भने बीउबाहेक १५ अर्ब १६ करोड ८८ लाख १६ हजार बराबरको मकै आयात भएको देखिन्छ ।
खासगरी भारतसँगै आधा दर्जन मुलुकबाट मकै तथा बीउ मकै आयात भएको देखिन्छ । सो अवधिमा भारतबाट मात्रै १४ अर्ब ३५ करोड ९० लाख ८० हजार बराबरको मकै र ७५ करोड २२ लाख ६६ हजार बराबरको बीउ मकै आयात भएको देखिन्छ ।
यसमा भारतीय मकैको हिस्सा ९४ प्रतिशत छ । बाँकी अर्जेन्टिना, ब्राजिल, चीन, कोलम्बिया, निगेरिया, दक्षिण अफ्रिका, थाइल्यान्ड र जिम्बाबे लगायतका मुलुकबाट आयात भएको छ ।
अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा मकै आयात १६ प्रतिशत बढेको छ । आव २०७६र०७७ मा कुल १३ अर्ब ६० करोड ६९ लाख १२ हजार रुपैयाँ बराबरको मकै विदेशबाट आयात भएको थियो ।
नेपालमा धानपछि सबैभन्दा बढी खेती गरिने बाली मकै नै हो । तर पनि धानपछि सबैभन्दा बढी आयात हुने बाली पनि मकै नै रहेको छ ।गत आवमा झन्डै ५० अर्ब बढीको चामल नेपालले आयात गरेको थियो । चामलपछि दोस्रो मकै बालीमा पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन् ।